बैदेशिक रोजगार बीमालेखबापत २ अर्ब ८७ करोड बीमाशुल्क संकलन

बैदेशिक रोजगार बीमालेखबापत २ अर्ब ८७ करोड बीमाशुल्क संकलन



काठमाडौं – जीवन बीमा कम्पनीहरुले चालु आवको ११ महिना अर्थात जेठ मसान्तसम्म २ अर्ब ८७ करोड ७७ लाख रुपियाँ बराबरको बैदेशिक रोजगार बीमालेख जारी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार१४ जीवन बीमा कम्पनीहरुमध्ये १० वटाले यस्तो बीमालेख जारी गरेका छन् । २० लाख ६७ हजार ६ सय ३ वटा बीमालेख जारी गरी उक्त परिमाणको रकम संकलन गरेको छ ।

सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले ७४ करोड ७९ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ११ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ५८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट ३४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी जेठसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले २७ करोड ७० लाख रुपैयाँ, नेसनल लाइफले २५ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १९ करोड २२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १८ करोड ८१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १६ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले ९ करोड १२ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।