सिटिजन्स बैंकको नाफामा उल्लेख्य सुधार

सिटिजन्स बैंकको नाफामा उल्लेख्य सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४१.२१ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८.०६ प्रतिशतले बढेर २ अर्ब ३९ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको थियो। यस्तै बैंकको सञ्चालन मुनाफा पनि ४५.९३ प्रतिशत बढेको छ ।

यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले एक खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ सञ्चित छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी १७ रुपेयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात १७.३३ गुणा रहेको छ ।