१० प्रतिशत बोनस वितरण गर्ने गरि ज्योति लाइफको लाभांश संशोधन

१० प्रतिशत बोनस वितरण गर्ने गरि ज्योति लाइफको लाभांश संशोधन


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्सले यस अघि प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन अनुसार यस अघि प्रस्तावित लाभांश संशोधन गरेको हो । कम्पनीले यस अघि हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

बीमा समितिले पूँजी बढाउन नगद लाभांश रोक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएपछि कम्पनीले लाभांश संशोधन गरेको हो । त्यस अनुसार कम्पनीले अब १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी एक अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ ।