४५% लाभांश पारित गर्दै नेशनल माइक्रोफाइनान्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न

४५% लाभांश पारित गर्दै नेशनल माइक्रोफाइनान्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा बिहीवार भौतिक तथा भर्चुअल रुपमा उपस्थित हुनेगरी धादिङ क्रिक रिसोर्ट धादिङबेसि, धादिङमा सम्पन्न भएको छ । सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आठौं वार्षिक साधारण सभाले पारित गरेको छ । 

कम्पनीले २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्तापूँजी ४१ करोड ९१ लाख को ५ प्रतिशतले हुन आउने नगद लाभांश र ४० प्रतिशतले हुन आउने बोनस गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । 

बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी ५८ करोड ६७ लाख पुगेको छ । साथै सभाले कम्पनीको हालको अधिकृत पूँजी ५० करोडबाट वृद्धि गरी ७० करोड पुर्‍याउने विशेष प्रस्ताव समेत पारित गरेको छ । 

कम्पनीले हाल देशका ७ ओटा प्रदेशहरुका ६४ ओटा जिल्लाहरुमा रहेका १०० ओटा शाखा कार्यालयहरु मार्फत करीब १ लाख ४३ हजारभन्दा बढी ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

कम्पनीले हालसम्म रू. १० अर्व ५३ करोड कर्जा लगानी गरी रू. २ अर्ब ८३ करोड बराबर ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ ।