एनएमबि बैंकको नगद लाभांश आजबाट शेयरधनीको बैंक खातामा जम्मा हुने

एनएमबि बैंकको नगद लाभांश आजबाट शेयरधनीको बैंक खातामा जम्मा हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश आइतवारदेखि जम्मा गरिदिने भएको छ । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ३० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन लागेको हो । 

कम्पनीले हितग्राही खातामा रहेको बैंक खातामा आइतवारदेखि क्रमशः भुक्तानी गर्न लागेको जानकारी दिएको हो । हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश रकम बैंक खातामा आउनेछ । 

साथै साधारण सभा प्रयोजनको लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खातामो विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा हुने कम्पनीले जानकारी गराएको छ । 

आफ्नो शेयर अभौतिकरण गराएका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले यथाशिघ्र आफ्नो हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।