छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक शेयर लिलामीमा

छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक शेयर लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ८३ हजार कित्ता संस्थापक शेयर माघ ७ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले उदय राज खतिवडा, ज्ञानेन्द्र राज पाण्डेर कृष्ण राज पन्तको नाममा रहेका यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।

यसर्थ यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय मध्यबाने्शवर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता  ८०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । तोकिएको अवधिभित्र यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्रीको प्रकृया अघि बढाइने जानकारी समेत कम्पनीले दिएको छ ।