दोस्रो त्रैमासमा एनआइसी एशिया लघुवित्तको नाफामा ४०० प्रतिशत माथिको वृद्दि

दोस्रो त्रैमासमा एनआइसी एशिया लघुवित्तको नाफामा ४०० प्रतिशत माथिको वृद्दि


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड ९७ लाख ९३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड ४८ लाख ८५ हजार पुगेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नापाmमा वृद्धि भएकाले नाफा बढ्ने टेवा पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ९९ प्रतिशत र सञ्चालन नाफा १८३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब १९ करोड ५ लाख सञ्चित गरेको हो । 

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १९ अर्ब ६९ करोड ४८ लाख सापटि लिएर,रू. ३ अर्ब २० करोड ८० लाख निक्षेप संकलन गरेर रू. २२ अर्ब १३ करोड ४१ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.४० दशमलव ७७(वार्षिक),मूल्य आम्दानी अनुपात ३१ दशमलव ६४,तरलता अनुपात शून्य दशलमव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१६८ दशमलव ४३ रहेको छ ।