कृषि विकास बैंक ५५ औं वर्षमा प्रवेश, कृषिलाई पहिलो प्राथामिकता दिई कर्जा प्रवाह गर्न बैंकलाई अर्थमन्त्रीको निर्देशन

कृषि विकास बैंक ५५ औं वर्षमा प्रवेश, कृषिलाई पहिलो प्राथामिकता दिई कर्जा प्रवाह गर्न बैंकलाई अर्थमन्त्रीको निर्देशन


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्न कृषि विकास बैंकलाई निर्देशन दिएका छन् ।

बैंकको ५५ औं वार्षिक उत्सव समारोहको भर्चुअल माध्यमबाट उद्घाटन गर्दे मन्त्री शर्माले सरकारले अगाडि सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय सञ्चालन गर्न समेत निर्देशन दिएका छन् ।

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथी तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकले कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफ्नो बैकिङ्ग व्यवसाय संचालन गरेको बताए । उनले गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको उल्लेख गरे ।

किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ्ग लगायत कृषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन समेत दिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले करिब १५ लाख निक्षेप ग्राहीको १ खर्ब ५८ अर्ब निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिब १ खर्व ७५ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिए । बैंकले करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको बताउँदै सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार, ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, सेयरधितोमा कर्जा प्रदान गरिरहेको बताए ।

यस्तै बैंकले एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ्ग सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने, आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग मार्फत युटिलिटी पेमेन्ट प्रदान गरिरहेको उनले बताए ।

करिब ३ लाखको हाराहारीमा रहेका सेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलब्ध गराउन सफल भएको उपाध्यायले बताए । उनले कुशल एवं प्रभावकारी बैंकिङ्ग सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सृजना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारको तर्फबाट प्रतिबद्धता व्यक्त समेत गरे ।