लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति पुग्यो

लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकले चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड १७ लाख ४४ हजार पुगेको हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१८ दशमलव ०२ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.२१ दशलमव ४२ पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब २८ करोड रहेको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब ६२ लाख र रिटेण्ड अर्निङमा रू. २४ करोड ९४ लाख ३३ हजार सञ्चित गरेको हो । सो अवधिमा कम्पनीले रू ३९ अर्ब २८ करोड ४७ लाख  निक्षेप संकलन गरेर रू. ३५ अर्ब ६७ करोड ९८ लाख ८३ हजार कर्जा लगानी गरेको हो । 

त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा चालूआवको दोस्रो त्रैमासमा रू. २४ करोड ९४ लाख ३३ हजार रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशमलव ४२ गुणा,तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६८ दशलमव ६८ पुगेको हो ।