लक्ष्मी बैंकको खुद नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

लक्ष्मी बैंकको खुद नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंक लिमिटेडले यस आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद ब्याज आम्दानीसँगै नाफा पनि सामान्य बढेको वित्तीय विवरण प्रकाशित गरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२७ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ८० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद व्याज आम्दानी पनि ६.०८ प्रतिशतले बढेर १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २८.५५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा भने ०.२१ प्रतिशतले घटेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५३ करोड १० हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४४ करोड ९० लाख रपैयाँ संञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २१.६२ गुणा रहेको छ ।