राष्ट्रिय वाणिज्य बैंक पनि नाफामा अब्बल, लगभग २ अर्ब नाफा आर्जन

राष्ट्रिय वाणिज्य बैंक पनि नाफामा अब्बल, लगभग २ अर्ब नाफा आर्जन


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अविधमा बै‌कले १ अर्ब ९१ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्षकाे यस अविधमा बैंकको नाफा १ अर्ब ७४ अर्ब करोड थियो ।

बैंकले यस अवधिमा करिब १० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले यस अबधिमा २ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेको छ ।  साथै यस अबधिमा बैंकले  १ खर्ब ९५ अर्ब कर्जा परिचालन गरेको छ । यसका साथै यो अवधिमा बैंकको खराब कर्जा अनुपात ३.०६ प्रतिशत रहेको छ ।