सिद्धार्थ बैंकको नाफामा उच्च बृद्धि, ईपीएस कति

सिद्धार्थ बैंकको नाफामा उच्च बृद्धि, ईपीएस कति


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा बढेको आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ, गत आर्थिक वर्षको सोहि अवधिमा ९१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत वर्षको सोहि अवधिको तुलनामा ७१.६८ प्रतिशतले धेरै हो ।

बैंकको खुद ब्याज आम्दानी भने १८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी २० प्रतिशतले बढेको छ । १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप संकलन ४ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस ) २५ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २६ पैसा छ ।