प्राइम बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो

प्राइम बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकले चालू आवको छ महिना(दोस्रो त्रैमास) को वितीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । बैंकले चालू आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६७ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ७ प्रतिशत घटेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ८१ करोड ३३ लाख २९ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमि आएकाले नाफा घटेको हो ।

उक्त वित्तीय विवरण अनुसार चालू आवको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा रू.८८ करोड ९६ लाख १२ हजार रहेको छ । बैंकको चुक्ता पूँजी रू. १८ अर्ब ६५ करोड ६३ लाख रहेको छ भने बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ५ अर्ब ९५ करोड २२ लाख ९१ हजार र रिटेण्ट अर्निङमा रू. ९३ करोड ३९ लाख ५५ हजार सञ्चित गरेको छ । 

त्यसैगरी यस अविधिमा बैंकको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९९, मूल्य आम्दानी अनुपात २० दशमलव ६७ गुणा, तरलता अनुपात १८ दशमलव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशलमव ९१ रहेको छ ।