सानिमा बैंकको नाफा १ अर्बभन्दा बढी, ईपीएस कति ?

सानिमा बैंकको नाफा १ अर्बभन्दा बढी, ईपीएस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म अर्थात ६ महिना अवधिमा एक अर्ब ७ करोड ७० रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ६ करोड २७ रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेपनि पूँजी बढेको अनुपातमा नाफा गर्न नसक्दा बैंकको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९.०२ रुपैयाँ छ ।

बैंकले यसअवधिमा १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३५ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ छ । बैंकको चुक्ता पूँजी १७ प्रतिशतले बढेको हो ।

बैंकको निक्षेप संकलन १२.५४, कर्जा लगानी १४.१३ , खुद ब्याज आम्दानी ९.३४ प्रतिशतले बढेको छ । तर बैंकको सञ्चालन नाफा भनेको ०.३४ प्रतिशतले घटेको छ ।

बैंकको खराब कर्जा अनुपात घटेर ०.३१ प्रतिशत, कोषको लागत ६.४१, आधार ब्याजदर ८.०८, स्पेडदर २.७४, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४०.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.१९ गुणा छ ।