एनआईसी एशिया बैंकको दोस्रो त्रैमाससम्मको नाफा करिब साढे २ अर्ब

एनआईसी एशिया बैंकको दोस्रो त्रैमाससम्मको नाफा करिब साढे २ अर्ब


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ अर्ब ४० करोड २० लाख ६६ हजार खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १६ दशमलव ५७ प्रतिशत बढेको हो ।

गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. २ अर्ब ६ करोड ५ लाख ३७ हजार थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ८५ करोड ९३ लाख ९० हजार छ । गत वर्षभन्दा यस वर्ष बैंकले १२ दशमलव ५९ प्रतिशत बढी रू. ३  अर्ब ४२ करोड ५ लाख ५५ हजार सञ्चालन नाफा गरेको छ । १७ दशमलव ७९ प्रतिशत प्रस्तावित लाभांश पारित गर्न बाँकी बैंकको चुक्तापूँजी भने रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार छ ।

जगेडा कोष रकम रू. ८ अर्ब ७६ करोड ७९ लाख ९१ हजार रहेको बैंकको रिटेन्ड अर्निगमा रू. २ अर्ब ७८ करोड २८ लाख ९२ हजार रहेको छ । गत वर्षभन्दा २ दशमलव ७६ प्रतिशत बढी रू. २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार निक्षेप संकलन गरेको बैंकले गत वर्षभन्दा ५ दशमलव २९ प्रतिशत बढी रू. २ खर्ब ६१ अर्ब ९२ करोड ३० लाख ३३ हजार कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४३ रहेकोमा यस वर्ष शून्य दशमलव ४७ कायम भएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३५ रुपैयाँ ७३ पैसाबाट बढेर ४१ रुपैयाँ ५४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष २३.६८ प्रतिशत बढेको छ। सो अवधिमा बैंकको निक्षेप २.७६ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको छ।