आज सर्वाधिक कारोबार भएका १० कम्पनी कुन कुन

आज सर्वाधिक कारोबार भएका १० कम्पनी कुन कुन


बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले सर्वाधिक करोबार गरेको छ । आज कम्पनीले २२ करोड २० लाख ५३ हजार ४ सय १६ रूपैयाँको कारोबार भएको छ ।  

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमशः अपि पावर कम्पनी, शिखर इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, गुराँस लाईफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, एनआसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

\"61e932479d8df.JPG\"