नेप्सेमा आज तीन लघुवित्तको बोनस शेयर सूचिकृत

नेप्सेमा आज तीन लघुवित्तको बोनस शेयर सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज माघ ६ गते (बिहीबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा तीन लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । आज गुँरास लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको हो । 

गुँरास लघुवित्त वित्तीय संस्थाको १६.९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४ सय ५१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।