कारोबारको अन्तिम दिन आज शेयर बजारमा ३२.९६ अंकको वृद्धि

कारोबारको अन्तिम दिन आज शेयर बजारमा ३२.९६ अंकको वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकले बढेको छ । आज नेप्से ३२.९६ अंकले बढेर २ हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३८.३५ अंकले घटेर २ हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको थियो ।         

त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आज ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुप पावर कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै, आईसीएफसी फाइनान्सको डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज २२ करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।