नेप्सेमा माछापुच्छ्रे बैंककाे १ कराेड २० लाख कित्ता बोनस सूचिकृत

नेप्सेमा माछापुच्छ्रे बैंककाे १ कराेड २० लाख कित्ता बोनस सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) माछापुच्छ्रे बैंक लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार माछापुच्छ्रे बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको १ कराेड २० लाख ४० हजार ६ सय १० कित्ता सेयर सूचिकृत भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडकाे कार्तिक २६ गते, शुक्रबार सम्पन्न भएकाे तेइसौँ वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।