कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर शुक्रवारदेखि विक्री खुला हुदै

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर शुक्रवारदेखि विक्री खुला हुदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्पोरेट डेभलपमेन्ट बैंकले शुक्रवार (माघ ७ गते) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १:१.५ अनुपातमा रू.१०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

यस हकप्रद शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । 

यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ५० करोड पुग्नेछ ।