धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति प्रदान

धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति प्रदान


बैंकिङ्ग समाचार, काठमाडौं ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न २ कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले २ कम्पनीलाई हकप्रदको अनुमति दिने निर्णय गरेको हो । बोर्डले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिइएको हो । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो । कम्पनीले भदौ १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । कम्पनीले १ः०।४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले जेठ २५ गते मंगलबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।