नेप्से आज ३८.३५ अंकले घट्यो, कारोबार रकममा पनि उच्च गिरावट

नेप्से आज ३८.३५ अंकले घट्यो, कारोबार रकममा पनि उच्च गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबार दिन आज बुधबार उच्च अंकले घटेको छ । आज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा थामिएको थियो ।       

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।    

उच्च गिरावट आएको नेप्सेमा आज दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भन बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।