११ कमर्शियल बैंकको नाफा अर्ब माथि, अन्यको कति

११ कमर्शियल बैंकको नाफा अर्ब माथि, अन्यको कति


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक बर्ष २०७८/७९ को पहिलो ५ महिनामा २७ वटा कमर्शियल बैंकहरुले २८ अर्ब २० करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा  एनआईसी एसियाले सबै भन्दा बढी मुनाफा आर्जन गरेको छ भने सबैभन्दा कम सेन्चुरी कमर्शियल बैंकले आर्जन गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

एनआईसी एसियाले चालू आर्थिक बर्षको पहिलो ५ महिनामा २ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन बैंकहरुमै सबैभन्दा बढी हो। त्यस्तै सबैभन्दा कम खुद मुनाफा आर्जन गरेको सेन्चुरी कमर्शियल बैंकले ४० करोड २५ लाख आर्जन गरेको छ ।

एनआईसी एसियालाई पछ्याएको ग्लोबल आइएमई बैंकले ५ महिनामा १ अर्ब ९६ करोड ८ लाख खुद मुनाफा आर्जन गरेको छ भने नबिलले १ अर्ब ८९ करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ ।  

चालू आर्थिक बर्षको पहिलो ५ महिना अर्थात मङ्सिर मसान्तसम्म जम्मा ११ वटा कमर्शियल बैंकले अर्ब माथि खुद मुनाफा आर्जन गरेका छन् । यसरी अर्ब माथि खुद मुनाफा आर्जन गर्ने बैंकहरुमा एनआईसी एसिया, ग्लोबल आइएमई, नबिल, राष्ट्रिय बाणिज्य, प्राइम कमर्शियल, प्रभु, एनएमबि, सिद्दार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा र नेपाल बैंक रहेका छन् ।

पहिलो ५ महिनामा २७ कमर्शियल बैंकको खुद मुनाफाको सूची:

S.N.

Name of Commercial Banks

Net profit of 1st 5 months of FY 2078/79 (in millions)

1

Nepal Bank

1,035.82

2

Rastriya Banijya

1,887.05

3

NABIL

1,894.28

4

Nepal Investment

1,331.73

5

Standard Chartered

903.12

6

Himalayan

561.02

7

Nepal SBI

659.52

8

Nepal Bangladesh

546.66

9

Everest

759.28

10

Bank of Kathmandu

495.95

11

NCC

755.60

12

NIC Asia

2,004.09

13

Mchhapuchchhre

879.78

14

Kumari

869.03

15

Laxmi

788.17

16

Siddhartha

1,338.05

17

ADBNL

650.64

18

Global

1,960.82

19

Citizen

996.01

20

Prime

1,500.42

21

Sunrise

703.78

22

NMB

1,367.54

23

Prabhu

1,376.52

24

Mega

1,263.07

25

Civil

411.18

26

Century

402.55

27

Sanima

864.15