५ महिनामा विकास बैंकहरुको नाफा साढे २ अर्ब, ५ बैंक भने घाटामा

५ महिनामा विकास बैंकहरुको नाफा साढे २ अर्ब, ५ बैंक भने घाटामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा विकास बैंकहरुले साढे २ अर्ब खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मङ्सिर महिनासम्ममा १७ विकास बैंक मध्ये नाफामा रहेका १२ विकास बैंकले २ अर्ब ५४ करोड १७ लाख खुद नाफा आर्जन गरेका हुन् ।  

सबैभन्दा बढी खुद नाफा मुक्तिनाथ विकास बैंकको रहेको छ । यस अवधिमा मुक्तिनाथ विकास बैंकले ४६ करोड १२ लाख खुद नाफा कमाएको छ । त्यस्तै गरिमा विकास बैंकले ३४ करोड ३३ लाख खुद नाफा कमाएको छ भने ज्योति विकास बैंकले ३३ करोड ९४ लाख खुद नाफा कमाएको छ । 

महालक्ष्मी विकास बैंकको खुद नाफा ३१ करोड ६६ लाख रहेको छ भने कामना सेवा विकास बैंकको खुद नाफा ३० करोड ४१ लाख रहेको छ । त्यस्तै शाइन रेसुंगाले २७ करोड ६५ लाख, लुम्बिनी विकास बैंकले २४ करोड ७९ लाख, र शांग्रिलाले १४ करोड ७ लाख खुद नाफा कमाएका छन् । मितेरी, एक्सेल, कर्णाली र ग्रिनले क्रमश ४ करोड ३१ लाख, २ करोड ९८ लाख, २ करोड ९७ लाख र ८८ लाख खुद नाफा कमाएका छन् ।

यस अवधिमा कर्पोरेट, सिन्धु, सालपा, नारायणी र सप्तकोशी भने खुद घाटामा छन् । उनीहरुको खुद घाटा क्रमश ५ लाख २० हजार, ९ लाख २० हजार, १९ लाख २० हजार, ४४ लाख २० हजार र १० करोड ६ लाख रहेको छ । घाटामा रहेका ५ विकास बैंकको खुद घाटा १० करोड ८४ लाख रहेको छ   । जस मध्ये शप्तकोशी डेभलपमेन्ट बैंकको खुद घाटा नै १० करोड रहेको छ । 

यी मध्ये सालपा भने नेप्सेमा सुचिकृत छैन । 

हेर्नुस ५ महिनाको अवधिमा विकास बैंकहरुको खुद नाफा/घाटाको विवरण :

S.N.

Name of Development Banks

Net profit (Loss) of 1st 5 months of FY 2078/79 (in millions)

1

Mahalaxmi

316.64

2

Jyoti

339.43

3

Shangrila

140.78

4

Muktinath

461.22

5

Garima

343.30

6

Kamana Sewa

304.19

7

Shine Resunga

276.57

8

Lumbini

247.97

9

Miteri

43.15

10

Karnali

29.76

11

Excel

29.87

12

Green

8.83

13

Narayani

(4.42)

14

Corporate

(0.52)

15

Sindhu

(0.92)

16

Salapa

(1.92)

17

Saptakoshi

(100.68)