एनआईसी एशियाले कोभिड बढेसँगै बन्द गर्यो ११ शाखा

एनआईसी एशियाले कोभिड बढेसँगै बन्द गर्यो ११ शाखा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकले कोभिड संक्रमणको तेस्रो लहर ओमिक्रोनबाट सिर्जना भएको असहज परिस्थितिका कारण आफ्ना ११ शाखा तथा विस्तारित शाखा बन्द गरेको छ ।

बैंकले पुस ५ गतेदेखि बैंकले बागमती प्रदेशमा रहेका बनेपा, बालाजु, न्युरोड खिचापोखरी, शंखमूल, सिनामंगल, ग्वार्को शाखा तथा लामाटार, धोबीघाट र लुभु विस्तारित काउन्टर बन्द गरेको छ ।

यस्तै बैंकले लुम्बिनी प्रदेशमा रहेको डिङ्गरनगर (तिलोत्तमा) शाखा तथा प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गर्ने निर्णय गरेको छ । स्थानीय निकायको निर्देशनअनुसार हेरफेर हुन सक्ने पनि बैंकले जनाएको छ ।

मथि उल्लेखित शाखा र विस्तारित काउन्टर बाहेक अन्य सम्पूर्ण शाखा कार्यालय र विस्तारित काउन्टरहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुसँग बैंकिङ आवश्यकताका लागि डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिन र सुरक्षित रहन आग्रह गरेको छ ।