बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने

बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने भएको छ । समितिले एक सूचना जारी गर्दै सात दिनभित्र निक्षेप राख्न चाहाने वाणिज्य तथा विकास बैंकले दरभाउ र वित्तिय विवरणसहित सिलबन्दी दरभाउ पत्र पेश गर्न भनेको हो ।  

समितिमा रहेको निक्षेप राख्नका लागि बैंकहरुले अधिकतम व्याजदर, पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सान विवरण पेश गर्नु पर्नेछ । 

त्यस्तै, बैंकहरुको निष्कृय सम्पत्ति, कर्जा निक्षेप अनुपात, पुँजी पर्याप्तता कोषको विवरण समेत पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।