नेशनल लाईफको लिलामी सेयर भर्ने आज अन्तिम दिन

नेशनल लाईफको लिलामी सेयर भर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस २८ गतेदेखि लिलामीमा आएको नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५७ हजार १९२ कित्ता शेयर कम्पनीले लिलामीमा ल्याएको हो । यो शेयरको अंकित मूल्य प्रतिकित्ता रू ३८७ दशमलव ३० तोकिएको छ ।

उक्त खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा पुस २८ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्ने समेत कम्पनीले जानकारी दिएको छ ।