सिद्धार्थ बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले आज (बुधवार) देखि संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीका संस्थापक शेयरधनी पवन कुमार सरार्फ तथा रश्मी जैनले आफ्नो नाममा रहेको शेयर विक्री गर्न लागेका हुन् । शेयरको मूल्य र शेयर संख्या भने खुलाइएको छैन । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । 

शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनु पर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।