कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर माघ ७ गतेदेखि निष्कासन हुने

कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर माघ ७ गतेदेखि निष्कासन हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १ः१.५ अनुपातमा रू. १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस हकप्रद शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै, मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू। २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू। ५० करोड पुग्नेछ ।