२ लघुवित्तको सेयर नेप्सेमा सूचिकृत तथा कारोबार फुकुवा

२ लघुवित्तको सेयर नेप्सेमा सूचिकृत तथा कारोबार फुकुवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा लघुवित्तकाे सेयर सूचिकृत भएर काराेबार समेत फुकुवा भएकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।

स्टकका अनुसार आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.८४ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २ लाख एक हजार ६ सय कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

त्यसैगरी, साविककाे नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.७५ काे अनुपातमा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ७ लाख २४ हजार ४ सय ६३ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (माघ ४ गते, मंगलबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे दुवै संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।