बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर कारोबार आजबाट खुला, कतिमा भयो कारोबार ?

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर कारोबार आजबाट खुला, कतिमा भयो कारोबार ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर कारोबार दोस्रो बजारमा मंगलवारदेखि खुला भएको छ ।

कम्पनीको पहिलो कारोबार यो दिन २४६ दशमलव ७० रुपैयाँमा खुला भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारका लागि न्यूनतम ८४  दशमलव ५ रुपैयाँदेखि अधिकतम २५२ दशमलव १५ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्ज भित्र रहेर यसको कारोबार शुरु भएको हो । कम्पनीको शेयर कारोबार अवदेखि ‘BNHC’ स्टक कोडबाट कारोबार हुनेछ । 

कम्पनीको ४० लाख कित्ता आईपीओ गत आइतवार नेप्सेमा सूचीकरण भएको थियो । सोमवार प्रि ओपन सेसनमा कारोबार म्याच नहुँदा  कम्पनीको शेयर कारोबार हुन सकेको थिएन ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ४ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता गरेर कुल ४० लाख कित्ता साधारण सूचीकृत गराएको छ ।