एनएमबि सरल बचत फण्ड इ को इकाई आजदेखि अनलाईन मार्फत खरीद विक्री गर्न सकिने

एनएमबि सरल बचत फण्ड इ को इकाई आजदेखि अनलाईन मार्फत खरीद विक्री गर्न सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड  इ को इकाई आज देखि अनलाईन मार्फत खरीद विक्री गर्न सकिनेछ । यस खुलामुखी योजनाको एनएमबि क्यापिटल लिमिटेड नागपोखरीबाट अनलाईन मार्फत खरीद विक्री गर्न सक्ने जानकारी गराएको हो । 

इकाईधनीले बिहान ११ बजे देखि ३ बजे सम्म इकाई खरीद विक्री गर्न सक्नेछन् । कोष प्रबद्र्धक एनएमबि बैंक र योजना ब्यवस्थापक तथा डिपोजिटरी एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।