दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब माथि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा पुगेको हो ।  

त्यस्तै, आज कारोबार रकममा भने वृद्धि छ । आज ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । सोमबार ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।    

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।