ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल स्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।

\"\"

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।