एक सातामा १७ अर्बले बढ्यो निक्षेप

एक सातामा १७ अर्बले बढ्यो निक्षेप


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक सातामा वाणिप्य बैंकहरुको निक्षेप १७ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार पुस २३ गतेदेखि ३० गतेसम्म १७ अर्ब रुपैयाँ बराबरले निक्षेपमा वृद्धि भएको हो । पुस लागे पछि वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्न थालेको हो ।

यहि पुस २ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप थियो भने पुस ३० गतेसम्म यो निक्षेप वृद्धि भएर ४३ खर्ब २४ अर्बमा पुगेको छ ।

त्यस्तै, यस अवधिमा कर्जा लगानी भने ३५ अर्बका सिमित भएको छ । तथ्यांक अनुसार पुस २३ गते ४१ खर्ब ८ अर्ब रुपैयाँ बैंक वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका थिए भने पुस ३० गतेसम्म उक्त कर्जा प्रवाह ४१ खर्ब ४३ अर्ब पुगेको छ ।