जोशी हाइड्रोपावरको ३ आवको संयुक्त साधारण सभा गणपूरक संख्या नपुग्दा स्थगित

जोशी हाइड्रोपावरको ३ आवको संयुक्त साधारण सभा गणपूरक संख्या नपुग्दा स्थगित


बैंकिङ्ग समाचार, काठमाडौं ।
जोशी हाइड्रोपावर कम्पनीले माघ ३ गतेका लागि बोलाएको  तिन आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सभाका लागि गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । 

कोभिड जोखिमका बीच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले सभाका लागि विगत तीन  ओटा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र आव २०७७/७८ को वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरेको थियो । 

त्यसैगरी सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहको प्रतिनिधत्व गर्ने दुई जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि गरेको थियो । साविकका यी प्रस्तावहरु सहित कम्पनीले पुनः साधारण सभा आव्हान गर्नेछ ।

कम्पनीले यसअघिको साधारण सभा प्रयोजनको लागि पुस २१ गते एक दिन बुक क्लोज गरेको छ । 
यस आधारमा सोही बुक क्लोजको मिति कायम भएमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।