प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज माघ ४ गते, मंगलबार प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात माघ ५ गतेदेखि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले माघ २१ गते प्रिमियर भवन, नक्साल, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ।

सो सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त इन्स्योरेन्ससँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।