दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ८ अर्ब नजिक

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ८ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । नेप्से ०.७१ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा पुगेको छ ।  

कूल २२४ वटा कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहहरुको सेयर बढेको छ भने ५ उपसमूहहरुको सेयर घटेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर समूहको सेयर बढेको छ । 

नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकममा आज अरुण भ्याली हाइड्रोपावर अब्बल देखिएको छ । आज हाइड्रोपावरको ४४ करोड ५४ लाख ९४ हजार ४ सय ७९ रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिन पनि अरुण भ्याली हाइड्रोपावर लिमिटेडकै सर्वाधिक कारोबार भएको थियो । 

सोमबार मध्य भोटेकोशी जलविद्युृत कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ को मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको मूल्य ३.९५ प्रतिशतले घटेर ९ सय ८९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।