सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा सञ्चालन

सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा सञ्चालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यापती चोक, जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन संचालनमा ल्याएको छ । बैंकले आज माघ ३ गतेबाट उक्त भवनबाट बैंकिङ्ग कारोवार संञ्चालन गरेको हो । सो भवनको उत्घाटन बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले गरेका थिए । 

करिव ३७६७ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । हाल धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा संचालनमा रहेको  विद्यापती चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्त्ररण भएको छ । 

सुविधा सम्पन्न  यस शाखाबाट  ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको छ । साथै यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।