एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचिकृत

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

नेप्सेका अनुसार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट कार्तिक २९ गते, साेमबारसम्म चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त हकप्रद बैंकले मंसिर १६ गते, बिहीबार बाँडफाँड गरेकाे थियाे ।