किसान लघुवित्तद्वारा २५% बोनस शेयर प्रस्ताव

किसान लघुवित्तद्वारा २५% बोनस शेयर प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

एनआरएन लघुवित्त वित्तीय संस्थाले दिव्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको थियो ।

पछि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकोे नाम परिवर्तन भई किसान लघुवित्त वित्तीय संस्था बनेको हो । उक्त कम्पनीले विभिन्न कम्पनीलाई गाभेका कारण शेयरधनीले बोनस शेयरमा लाग्ने कर भने छूट पाउने छन् ।

\"\"