नेप्सेमा आज कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस सेयर सूचिकृत

नेप्सेमा आज कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस सेयर सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज पौष २५ गते (आईतबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
आज कुमारी बैंक लिमिडेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको हो । 

कुमारी बैंक लिमिडेडको ६ प्रतिशत बोनश बापतको ८३ लाख २७ हजार ८४ दशमलब ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।