खप्तड लघुवित्तको दोेश्रो बार्षिक साधारण सभा विभिन्न निर्णय पारित गदै सम्पन्न

खप्तड लघुवित्तको दोेश्रो बार्षिक साधारण सभा विभिन्न निर्णय पारित गदै सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको दोश्रोे बार्षिक साधारण सभा मिति २०७८ साल पौष २४ गते शनिबार होटेल नमस्ते अत्तरिया कैलालीमा विभिन्न निर्णय पारित गदै सम्पन्न भएको छ । 

संस्थाको सञ्चालक समितिका अध्यक्ष श्री सुमन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका का.मु. ब्यवस्थापकm सुुशील ज्ञवाली रहेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिब सुरेश बहादुर बमले कार्यक्रमको संचालन गरेका थिए ।

संचालक श्री रणदेब कृष्ण श्रेष्ठले स्वागत मन्तब्य, संचालक चन्द्र बहादुर चन्दले धन्यबाद मन्तब्य र संस्थापक शेयरधनीको तर्फबाट श्री रामजी हमालले शुभकामना मन्तब्य राख्नु भएको थियो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र बिशेष प्रस्ताब पारित गरेको छ ।

साथै चालु आर्थिक वर्षको हाल सम्ममा वित्तीय संस्थाको कुल लगानी रकम रु २१ करोड र संचालन मुनाफा रु. ३४ लाख रहेको र यसै आर्थिक वर्ष भित्रमा सुदुर पश्चिम प्रदेश भित्र थप शाखा स्थापना गरी विपन्न वर्गमा लघुवित्त वित्तीय सेवा, वित्तीय साक्षारता तथा उद्यमशिलता विस्तार गर्ने लक्ष्य रहेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश बहादुर बमले जानकारी दिए ।