विजय लघुवित्तको साधारण सभाद्धारा आकर्षण लाभांश पारित

विजय लघुवित्तको साधारण सभाद्धारा आकर्षण लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभाले आ.व. ०७७/७८ को नाफाबाट २१.०९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तिय संस्थाको पौष २४ गते गैडाकोट रिसोर्ट, गैडाकोट, ५ मा सम्पन्न साधारण सभाले २०.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै संस्थाको कायम जारी तथा चुक्ता पुँजीमा ३२ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित भएको छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७७/०७८ को संचालक समितिको प्रतिवेदन , २०७८ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७७/०७८ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ । 

उक्त साधारण सभाले आ.व. २०७८/०७९ मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । 

नवौँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुमा पदमा क्रमशः कपिल न्यौपाने, स्वयम्भू शाक्य, डा. हेमराज लामिछाने र खेमराज सापकोटालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । 

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

उक्त वार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि शेयर धनिहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए ।