कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज (पुस २५ गते) अन्तिम रहेको छ ।

बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि अर्थात पुस २६ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल २० करोड रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ ।