नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन ५ दिन बाँकि

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन ५ दिन बाँकि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ । बैंकले १ः१ को अनुपातमा १ सय प्रतिशतले हुन आउने अनुमति १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। 

बैंकले हकप्रद निष्काशनको लागि मङ्सिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मङ्सिर २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने छन्। हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिने छ । मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।   हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बैंकले मङ्सिर ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको थियो ।