महुली लघुवित्त सहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुँदै

महुली लघुवित्त सहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
शनिवार तीन ओटा कम्पनीको साधारण सभा हुँदैछ । महुली लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेको हुन् । 

महुली लघुवित्त वित्तीय संस्थाले कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने र प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गरेको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा गैडाकोट रिसोर्ट, गैडाकोट ५ नवलपारासी मा बिहान ११ः३० बजे शुरु गर्ने जानकारी दिएको हो । सभाले २० दशमलव ०३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी, समीट लघुवित्त वित्तीय संस्थाले १३औं वार्षिक साधारण सभा आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी ब्यालेस आँबुखैरेनी ३ तनहुँमा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको हो । 

सभाले २५ दशलमव २८५३१६ प्रतिशत बोनस शेयर वितरण गर्ने  प्रस्ताव पारित गर्नेछ । साथै, सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।