कामना सेवाको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

कामना सेवाको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले गत कात्तिक २३ गते सम्पन्न १५औं साधारण सभाबाट पारित १८ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले कात्तिक ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

साथै, कात्तिक ९ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल लिमिटेड रहेको छ ।