सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको साधारण सभा सोमवार हुदै

सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको साधारण सभा सोमवार हुदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
दुई अलग-अलग कम्पनीको साधारण सभा सोमवार पुस १९ गते हुँदैछ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/७७ को मुनाफाबाट प्रस्तावित १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले होटल पौवा, सिद्धार्थनगर-६ रुपन्देहीमा दिउँसो २ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।