सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बोलायो ४० प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बोलायो ४० प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे ११ औं वार्षिक साधारण सभा पुस १९ गते सोमवार हुने भएको छ ।

कम्पनीले सभा बिहान ११ बजे पुतलीसडकस्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा हुने जानकारी दिएको छ ।सभाले आव २०७७/ ७८ को मुनाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ ।